अव्यवस्थित तानसेन बजार, यत्रतत्र सामान

काठमाडाैं | फागुन ३०, २०७९

अव्यवस्थित तानसेन बजार, यत्रतत्र सामान

पाल्पा:  तानसेनका व्यापारीले मनपरी रूपमा सडक तथा पेटीमा सामग्री राख्दा तानसेन बजार अव्यवस्थित बनेको छ।

 

पसलअगाडिको सडक तथा पेटी ओगटेर बिक्री गर्न राखिएका सामग्रीले बजारको सौन्दर्यमा नै असर परेको छ। तानसेनका अधिकांश व्यापारीले सडकको पेटीभन्दा बाहिरै सामग्री बिक्रीका लागि बिछ्याउने प्रचलन बढेको छ। सडक कब्जा गरेर बिक्रीका लागि सामान बिछ्याउँदा सडकमा यात्रुले सास्ती बेहोर्नु परेको छ। 

 

तानसेन नगरपालिकाले सडकमा बिछ्याएका सामग्री हटाए पनि केही दिनपछि पुनः सडक कब्जा गरेर व्यापार गर्ने क्रम बढेको तानसेनका स्थानीय सुरेश श्रेष्ठले बताउनुभयो। पसलेले कपडा, खाद्यान्न सामग्री, तरकारी तथा फलफूल, निर्माण र हार्डवेयरका सामग्रीसमेत सडकमै राख्ने गरेका छन्। केही व्यक्तिहरूले घर तथा संरचना बनाउने नाममा सडकमै लामो समयसम्म निर्माणका सामग्री राख्ने गरेका छन्। पुरानो सहरका रूपमा विकसित भएको तानसेनका सडक आफैँमा साँघुरो छ। 

 

साँघुरो सडकका कारण पछिल्लो केही वर्षयता अधिकांश समयमा सवारीसाधनको जाम हुने गरेको छ। केही पसलले खाद्यान्न, निर्माण, पेय तथा हार्डवेयरका सामग्री लोड–अनलोड गरेर घण्टौँ सडकमा सवारीसाधन ठड्याउँदा समेत नगरभित्र समस्या सिर्जना भएको शर्माले बताउनुभयो। 

 

सडकमा समस्या हुने गरी व्यापार गर्नेमाथि निगरानी गरेर कारबाही गरिएको नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले बताउनुभयो। सडकमा ट्राफिक समस्या गर्नेलाई कारबाही गर्न नगर प्रहरी खटाएका छौँ, सूचना अधिकारी आचार्यले भन्नुभयो, “नगरप्रहरी नभएको बेलामा सडकमा सामान फिँजारेको हुन सक्छ, त्यसलाई पनि निगरानी गरेर कारबाही गर्छौं।’   

बैतडीः  आसन्न निर्वाचनलाई  मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाट तीन दिन बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण था...

थप पढ्नुहोस्

गोरखाः चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्य...

थप पढ्नुहोस्

काठमाडौंः  फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार...

थप पढ्नुहोस्